Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेपाल–खनाल पक्षको काठमाडौंमा समानान्तर कमिटी – Udhyognews.com
Sunday, April 20Nepal News Portal
Shadow

नेपाल–खनाल पक्षको काठमाडौंमा समानान्तर कमिटी


काठमाडौं, (ससं) । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ। बुधबार बुद्धनगर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उक्त समूहले समानान्तर कमिटी घोषणा गरिएको हो। नेपाल र खनालसमेतको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको छ ।

वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको हो। मानन्धर बागमती प्रदेशसभाका सदस्य हुन् । एमाले ब्युँतिएपछि अध्यक्ष केपी शर्मा ओलीले नेपाल(खनाल पक्षका नेताहरुलाई कारबाही गर्न थालेपछि उनीहरुले विभिन्‍न जिल्ला तथा भ्रातृ संगठनका कमिटीमा समानान्तर कमिटी घोषणा गर्दै आएका छन्। ओली पक्षका काठमाडौं जिल्ला कमिटी अध्यक्षमा कृष्ण राई छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्