Saturday, June 14Nepal News Portal
Shadow

सुनको मूल्य आज बढ्यो


काठमाडौं, (ससं) । आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको तोलामा पनि तीन सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्