Wednesday, September 18Nepal News Portal
Shadow

काठमाडौंमा आजपनि प्रदूषणको समस्या घातक


काठमाडौं, (ससं) । आज पनि काठमाडौ उपत्यकासहित देशभरको वायु धेरै घातक देखिएको छ । डढेलोका कारण फैलिएको बाक्लो तुवाँलोले राजधानीसहितको आकाश ढाकिएको छ ।
सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरेका छन् । दुईदिनदेखि वायुप्रदूषणको अवस्था स्थिर देखिएको छ र केही दिनसम्म यो अवस्था कायमै रहने जल तथा मौसम विज्ञान विभागको भनाई छ ।
वायु गुणस्तर मापन गर्ने सूचकका अनुसार आज नेपाली राजधानी संसारकै प्रदूषित सहरको पहिलो स्थानमा छ । काठमाडौंको एक्यूआइ ३१३ पीएम मापन गरिएको छ । पाकिस्तानको लाहोर र बंगलादेशको राजधानी ढाका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली चौंथो स्थानमा रहेको छ ।
संसारका प्रदूषित मुलुकको सूचिमा भने आज नेपाल १२ औं स्थानमा छ । पहिलो स्थानमा बंगलादेश छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्