काठमाडौं, (ससं) । चीनबाट अनुदान सहयोगमा प्राप्त भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप बुधबार (आज) देखि लगाउन शुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप कार्यक्रमको शुरुवात गर्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थिति रहेको थियो ।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदैछ । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन शुरु
- स
- स
- स