काठमाडौं, (ससं) । नेपाली कांग्रेस (नेका) का सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन (शुक्रबार) आज तीन दलको बैठक बोलाएका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बैठक बोलाएका हुन् ।
देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समीकरणमा निर्णायक शक्ति बनेको जसपा भने यतिबेला कुनै पक्षसँग खुलेको छैन ।