Thursday, March 20Nepal News Portal
Shadow

विश्वकै प्रदूषित राष्ट्रको सूचीमा नेपाल फेरि पहिलो स्थानमा


काठमाडौं, (ससं) । काठमाडौं विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा फेरि एक नम्बरमा परेको छ । प्रदूषण बढ्दा काठमाडौ आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको मौसमविद्हरुको भनाई रहेको छ ।
मौसमविद् सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौ फेरि प्रदूषित बनेको हो ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स ३४४ छ ।

तर काठमाडौ भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

हावामा प्रदूषणको मात्राले खतराको तह नाघेर २०० माथि नाघ्दा बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् ।

प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्