Wednesday, February 12Nepal News Portal
Shadow

भारतमा थपिए एकैदिन झन्डै ३ लाख कोरोना संक्रमित


भारतमा मंगलबार (हिजो) एकैदिन झन्डै ३ लाख मानिसमा कोरोनाभाइरस (कोभिड (१९) को संक्रमण पुष्टि भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार भारतभरि २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
भारतमा पहिलो लहर सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो।

संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो।
यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ।

मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन्। भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ।
भारतमा अहिलेसम्म १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८२ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्