काठमाडौं, (ससं) । आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही बर्षा र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।
आज काठमाडौंमा मध्याह्न्नपछि मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसाविद्को भनाई छ ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसाविद्को भनाई छ ।
मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह समेत गरेको छ ।
यस्तो रहेको छ आजको मौसम पूर्वानुमान
- स
- स
- स