Saturday, January 25Nepal News Portal
Shadow

विश्व बजारमा तेलको मूल्य घट्न सक्ने संकेत


काठमाडौं, (ससं) । कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर घटेपछि बढेको तेलको मूल्य कोभिडको दोस्रो लहर व्यापक बनेसँगै घट्ने संकेत देखिएको छ । पछिल्ला केही सातादेखि लगातार बढिरहेको तेलको मूल्य सोमबार आएर घटेपछि विश्लेषकहरूले यसको मूल्य तल झर्ने आकलन गरेका छन् ।
तेल खपत गर्ने ठूला राष्ट्र भारतसहित अन्यत्र कोभिड–१९ को संक्रमण दर उच्च देखिइरहेका बेला तेलको माग घट्न सक्ने र सँगै यसको मूल्यमा पनि गिरावट आउन सक्ने आकलन गरिएको छ । कोभिड–१९ लाई नियन्त्रणका लागि विभिन्न देशले गर्न सक्ने लकडाउन, हवाई आवतजावतमा नियन्त्रण जस्ता कारण तेलको मूल्य घट्न सक्ने कारक बन्न सक्छन् ।

सोमबार मात्रै ब्रेन्ड क्रुडको मूल्य प्रतिब्यारेल १७ सेन्टका दरले घटेर प्रतिब्यारेल ६६ दशमलव ६० डलरमा आइपुगेको छ । ब्रेन्ड क्रुडको मूल्य गत साता मात्रै ६ प्रतिशतले बढेको थियो । कोभिड–१९ को पहिलो लहर कम भएको संकेतपछि विश्वव्यापी रूपमा बढेको आर्थिक गतिविधिका कारण तेलको माग उच्च हुँदा यसको मूल्य पनि बढ्दै गएको थियो । वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) तेलको मूल्य प्रतिब्यारेज १० सेन्टले घटेर ६३ दशमलव शून्य ३ डलरमा झरेको छ । यसको मूल्य ० दशमलव २ प्रतिशतले कम भएको हो । गत साता मात्रै यसको मूल्य प्रतिब्यारेल ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्