काठमाडौं, (ससं) । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १३०० रूपैयाँले वृद्धि भएर ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई रहेको छ ।
यस्तै तेजाबी सुन आज ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १३१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
- स
- स
- स