Friday, December 6Nepal News Portal
Shadow

पूर्वाधारको कमीले गर्दा शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा चुनौति


काठमाडौं, (ससं) । पछिल्लो समय शहरीकरण तथा मानिसको जीवनशैलीमा आएको परिवर्तनले गर्दा नेपालको शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापन सर्वेक्षण २०७६ को नतिजाले जनचेतनाको कमी, ल्याण्डफिल साइटको समस्या तथा नगरपालिकाहरुमा जनशक्ति, बजेट र पूर्वाधारहरुको कमीले गर्दा फोहोरमैला व्यवस्थापनमा चुनौति थपिएको देखाएको हो ।

विभागले गरेको सर्वेक्षणमा औसतमा एउटा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २२३२.७ मेट्रिकटन फोहोर संकलन गरेको देखिएको छ । यसमा दैनिक रुपमा प्रतिदिन ६.१ मेट्रिकटन पर्न आउँने सर्वेक्षणले देखाएको छ । जसमा जैविक ५४ प्रतिशत, अजैविक ३३.३ प्रतिशत र अन्य फोहोरमैलाको १२.७ प्रतिशत रहेको छ ।

त्यस्तै ४२.१ प्रतिशत नगरपालिकाहरुले ल्याण्डफिल साइटको प्रयोग गरेको सर्वेक्षणमा उल्लेख छ । संकलित फोहोरमध्ये ४८.६ प्रतिशत फोहोरलाई ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको पाइएको छ । तथ्यांक संकलन गरिएकामध्ये ३० वटा नगरपालिकाहरुले जम्मा उत्पादित फोहोरको ४.१ प्रतिशत पुनः प्रशोधन कार्य गरेको पाइएको सर्वेक्षणले देखाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्