Saturday, June 14Nepal News Portal
Shadow

निषेधाज्ञा कडा गर्ने नाममा औषधि र खाद्यान्न बोकेका गाडीलाई प्रहरीले दियो दुःख


काठमाडौं, (ससं) । निषेधाज्ञा कडाई गर्ने नाममा खाद्यान्न तथा औषधिलगायतका अत्यावश्यक सामग्री बोकेका गाडीहरुलाई प्रहरीले बाटोमा रोकेर प्रहरीले दुःख दिएको छ ।
सरकारले अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधनलाई निर्वाध रुपमा चल्न दिने बताए पनि प्रहरीले ठाउँ ठाउँमा रोकेर दुख दिएको उद्योगीहरुको भनाई छ ।
अस्पतालका लागि औषधि बोकेर हिडेको अक्सिनका सिलिन्डर, औषधि, खाद्यान्न, तरकारीलगायतका गाडीलाई रोकेर दुख दिएको उद्योगीहरु बताउँछन् ।
गत चैतमा भएको लकडाउनमा पनि प्रहरीले अत्यावश्यक सामान ढुवानीमा यस्तै अवरोध गरेको थियो । सरकारले त्यस्ता सामग्री बोकेका सवारी साधनलाई कुनै रोकतोक नगर्ने निर्णय गरे पनि फिल्डमा खटिने प्रहरीले रोक्दा ठूलो समस्या उत्पन्न भएको थियो । अहिले पनि सोही समस्या दोहोरिएको उद्योगीहरु बताउँछन् ।
प्रहरीको नेतृत्वले आफ्नो तल्लो तहका कर्मचारी वा फिल्डमा खटिने प्रहरीलाई राम्रोसँग बुझाउन नसक्दा यस्तो समस्या भएको उद्योगीले निश्कर्ष निकालेका छन् । विपद् वा संकटमा बेला जहिले पनि प्रहरीको तल्लो तहले आफ्नो तज्विजमा काम गरेकाले समस्या उत्पन्न भएको उनीहरु बताउँछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्