काठमाडौं, (ससं) । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कताको साथ साथ ब्यवसायलाई निरन्तरता दिन विभिन्न ७ बुंदे निर्देशन जारि गरेको हो ।
जस अनुसार राष्ट्र बैंकले स्वास्थ्य मापदण्डको पालना गर्न र जोखिम न्यूनीकरणका उपाय अबलम्बन गर्न निर्देशन दिएको छ । त्यस्तै निषेधाज्ञा जारि भएका स्थानमा रहेका केन्द्रिय कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले वर्क फर्म होम र रिमोट एक्सेसबाट सेवा दिन पनि निर्देशन दिएको छ ।
त्यस्तै शाखाहरुबाट आलोपालो सेवा दिन, र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक संजाल मार्फत जानकारी दिन समेत भनिएको छ ।
यस्तो छ निर्देशन्