उद्योग न्युज संवाददाता
काठमाडौं । आइतबार (आज) नेप्से परिसूचक ५४ अंकले वृद्धि भएर २६६५.११ विन्दुमा रोकिएको छ । २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर ७ अर्ब ३६ करोड रुपैयाँमा खरिद विक्री भएको हो । परिसूचक हिजोको तुलनामा २.०७ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.८७ प्रतिशतले वृद्धि भएर ४७७.८१ विन्दुमा रहेको छ ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विशाल बजारको शेयर मूल्य ५ हजार ६०८ रुपैयाँ पुगेको छ भने महिला लघुवित्तको ३ हजनार ४३७ र सिंगटी हाइड्रोपावरको ३९९ रुपैयाँ पुगेको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनसीसी बैंक लिमिटेडको भएको छ । यो बैंकको ४२ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३६७ रुपैयाँ रहेको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनसीसी बैंक लिमिटेडको भएको छ । यो बैंकको ४२ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३६७ रुपैयाँ रहेको छ ।