Tuesday, November 11Nepal News Portal
Shadow

रुरु जलविद्युतको सेयर नेप्सेमा सुचिकृत


काठमाडौं, (ससं) । रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतवार (आज) कम्पनीको ४ लाख ७ हजार ७ सय ६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनिले चैत्र २० गते सर्वसाधारणका लागी बिक्री खुला गरेको थियो भने प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा शेयर बिक्रि गरेको हो । कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणको लागी बिक्रि खुला गरेको थियो । जसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई आरयुआरयु कारोबार संकेत दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्