काठमाडौं । चामल, दाल जस्ता दैनिक उपभोग्य खाद्यान्न वस्तुको मौज्दात पर्याप्त रहेको सरकारले जनाएको छ। यो बस्तुको मौज्दात तीन महिनाभन्दा बढिको रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको हो ।
विभाग स्रोतले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी मौज्दात रहेको जनाएको छ ।
उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पनि स्रोतको भनाई छ । सा्रेतले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय नगर्न समेत आग्रह गरेको छ ।