काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । हिजो मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९० हजार ३०० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै तेजाबी सुन आज ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज ५ रूपैयाँले घटेर १३ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Total Page Visits: 812 - Today Page Visits: 1