उद्योग न्यूज
काठमाडौं, २२ वैशाख । सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा घोषणा गरेसँगै कर तिर्ने समय बढाउन निजी क्षेत्रका उद्योगी- व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । सरकारले निषेधाज्ञा लागू गरेपछि आर्थिक गतिविधि ठप्प बनेकाले यस्तो परिस्थितिमा कर तिर्न नसकिने भएकाले समय थप्न माग गरेका हुन् ।
यस अघि गरिएको लकडाउन तथा निषेधाज्ञाले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा फेरि निषेधाज्ञा लागू गरेपछि यो समयमा सरकारलाई कर तिर्न नसकिने अवस्था आएको उनीहरुको भनाइ छ ।
आगामी बैशाख २५ गते सरकारलाई कर बुझाउने समय आउँदै छ । त्यो समयलाई पछि सार्न सरकारसँग आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले जानकारी दिएका छन् ।