Sunday, October 13Nepal News Portal
Shadow

खानी सञ्चालन कतैबाट समन्वय नहुँदा आगामी आर्थिक वर्ष क्लिङ्कर आयात गर्नुपर्ने


काठमाडौं । सरकारले खानीबाट चुनढुङ्गा निकाल्न नदिँदा आगामी आर्थिक वर्ष क्लिङकर आयात गर्नुपर्ने अवस्था देखिएको छ । वर्षादी सुरु हुनु अगाडी उद्योगीले धमाधम चुनढुङ्गा निकालेर स्टक राख्ने र असोजसम्म सोही चुनढुङ्गाबाट क्लिङ्कर बनाउने गरेकोमा अहिले सरकारले खानी पूर्ण रुपमा बन्द गरेपछि आगामी आर्थिक वर्ष भारतबाट ल्याउनुपर्ने बाध्यता बनेको हो ।
अहिले चुनढुङ्गा निकालेर स्टोर गर्ने गरिन्छ । धमाधम चुनढुङ्गा निकाल्ने र ६ महिनासम्म त्यसैलाई पेलेर क्लिङ्कर बनाउने गरिन्छ । तर, अहिले स्थानीय सरकारले खानी सञ्चालन गर्न पूर्ण रोक लगाए पछि भारतबाट क्लिङ्कर आयात गर्न ठूलो धनराशी खर्च गर्नुपर्ने भएको हो ।

गत वर्षको निषेधाज्ञामा पनि सरकारले खानी सञ्चालन बन्द गरेको थियो । त्यही भएर चालू आर्थिक वर्षमा उद्योगीले ठूलो परिमाणमा क्लिङ्कर आयात गरेका थिए । आगामी आर्थिक वर्ष पनि क्लिङ्कर ल्याउनुपर्ने बाध्यता भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षले जानकारी दिएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्