Wednesday, February 12Nepal News Portal
Shadow

भारतमा पेट्रोेलियम पदार्थको भाउ बढ्यो, प्रतिलिटर कति ?


नयाँ दिल्ली, २२ वैशाख । भारतमा पेट्रोल र डिजेलको मूल्य बुधबार (आज) पुनःवृद्धि भएको छ । मङ्गलबार (हिजो) पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।

बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्