Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
निषेधाज्ञाले घटायो बिजुलीको माग – Udhyognews.com
Thursday, April 17Nepal News Portal
Shadow

निषेधाज्ञाले घटायो बिजुलीको माग


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीको दोस्रो चरणको संक्रमण रोक्न स्थानीय तहहरूले धमाधम निषेधाज्ञा जारी गरेपछि बिजुलीको मागमा पनि कमी आउन थालेको छ ।

मंगलबारसम्म प्रणालीमा बिजुलीको माग ३०२ मेगावाट घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निषेधाज्ञा जारी हुनुअघिसम्म बिजुलीको माग बढेर साँझ १४८० मेगावाटसम्म पुगेको थियो ।

औद्योगिक क्षेत्रबाट माग घटेपछि मंगलबार ११८० मेगावाटमा झरेको प्राधिकरणको भनाई छ । स्रोतका अनुसार आइतबार १३३०, सोमबार १२२२ र मंगलबार ११८० मेगावाटमा झरेको थियो ।

गार्हस्थ्य विद्युत मागमा कमी नआएको तर औद्योगिक माग घटेको छ । निषेधाज्ञाले गर्दा उद्योगहरूले उत्पादन क्षमता आधा घटाएको र केही उद्योग बन्द भएकाले माग घटेको हो

बिजुलीको माग घटेपछि भारतबाट हुने आयातसमेत कम भएको छ । भारतबाट अहिले ५५० मेगावाट मात्र बिजुली आयात भएको प्राधिकरणले जनाएको छ । यसअघि भारतबाट ७५० मेगावाटसम्म बिजुली आयात भएको थियो ।

प्राधिकरणका अनुसार अहिले नेपालको आन्तरिक उत्पादन ६३० मेगावाट हाराहारीमा छ । जसअनुसार निजी आयोजनाबाट २७७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । विद्युत प्राधिकरणका आयोजनाहरूबाट ३५३ मेगावाट उत्पादन भइरहेको छ ।

कुलेखानी जलाशयमा पानीको सतह धेरै तल पुगेपछि अहिले आयोजना बन्द गरिएको छ । कुलेखानी पहिलो, दोस्रो र तेस्रोको जडित क्षमता १०६ मेगावाट रहेको छ । पानी सञ्चिति बढाउन कुलेखानी आयोजन बन्द गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । कुलेखानीमा पानीको सतह बढेर १४०५ मिटर पुगेको छ ।
गत वर्ष यही समयमा सरकारले लकडाउन गर्दा पनि बिजुलीको माग घटेर ८०० मेगावाट हाराहारीमा आएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्