Friday, January 24Nepal News Portal
Shadow

आज सुनको मूल्य ३ सय रुपैयाँ बढ्यो


उद्योग न्यूज
काठमाडौं, २३ वैशाख । नेपाली बजारमा आज (विहिवार) सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (हिजो ) प्रतितोला ९० हजार ३ सय रुपैयाँमा निर्धारण भएको छापावाला सुनको मूल्य आज ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुन ९० हजार १ सय रुपैयाँ तोकिएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

सुनको मूल्यवृद्धि भए पनि चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ३ सय २० रुपैयाँ रहेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्