Wednesday, January 15Nepal News Portal
Shadow

फलामे डन्डीको भाउ बढ्यो, प्रतिकिलो  १०७


उद्योग न्यूज
काठमाडौ, २३ वैशाख । कारोना महामारीको समयमा अहिले निर्माण सामग्री फलामे डण्डीको भाउ अत्याधिक मात्रामा बढेको छ । निर्माण व्यवसायीहरु डण्डीको भाउमा अस्वभाविक मूल्य वृद्धि गरिएको गुनासो गरिरहेका छन् । निषेधाज्ञाकै बीचमा एक किलो डण्डीको भाउ ८५ देखि ८५ रुपैयाँबाट एकाएक १०७ देखि ११० रुपैयाँसम्म पुगेको हो ।

निषेधाज्ञा जारी नभएका जिल्लामा विकास निर्माणका काम चलिरहेको अवस्थामा उद्योगीहरुले उत्पादन कम भएको, मजदूरहरु अभाव भएको र बजारमा स्टक सकिँदै गएको भन्दै आफूखुशी भाउ बढाएको निर्माण व्यवसायीहरु वताउँछन् ।

कति लाग्छ उत्पादन खर्च ?

भन्सार विभागको तथ्यांक अनुसार चैत महिनामा ८८ करोड ९ लाख ६९ हजार ४६ किलो ब्लेड आयात भएको छ । यस वापत नेपाली उद्योगीहरुले ५० अर्ब ७५ करोड ८४ लाख ३३ हजार रुपैयाँ तिरेका छन् ।

यस हिसाबमा एक किलो ब्लेडको मूल्य एभरेजमा ५८ रुपैयाँ पर्न आउँछ । १५ प्रतिशत भन्सार तिर्दा एक किलो ब्लेड ६६ रुपैयाँमा नेपाल भित्रिन्छ । त्यसलाई प्रोशेसिङ गरेर तयारी डण्डी बनाउन आयात भएको शुल्कमा १० प्रतिशत मात्रै थप खर्च हुने उद्योगीहरु नै बताउँछन् । यस आधारमा ६६ रुपैयाँमा नेपाल भित्रिएको ब्लेड तयारी डण्डी बन्दा लागत खर्च प्रति किलो ७२ रुपैयाँ हुन आउँछ ।

यसमा उद्योगीले १० प्रतिशत नाफा राख्दा ७९ रुपैयाँ र व्यापारीले अर्को १० प्रतिशत नाफा राख्दा ८६ रुपैयाँ प्रतिकिलोमा डण्डी उपलब्ध हुनुपर्ने हो ।तर, अहिले किलोकै १०७ देखि ११० रुपैयाँसम्म बिक्रि भईरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्