Monday, February 10Nepal News Portal
Shadow

आज दोहोरो अंकले घट्यो नेप्से परिसूचक


उद्योग न्यूज

काठमाडौं, २३ वैशाख । साताको अन्तिम कारोबार आज बिहीबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको हो ।
नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ कारोबारबाट २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ पुगेको छ । बुधबार ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।
हेर्नुहोस् धेरै कमाउने र गुमाउने कम्पनीहरूः

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्