काठमाडौं, २ कार्तिक (ससं) । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको छ । उनी निमोनियासहित हाइपरटेन्सनको बिरामी पनि थिइन् ।
यससँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।