काठमाडौं, । चालु आर्थिक वर्ष ०७७/०७८ सुरु भएयता सरकारले विभिन्न वित्तीय उपकरणमार्फत लक्ष्यका आधा आन्तरिक ऋण परिचालन गरेको छ । चैतसम्म सरकारले १ खर्ब १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको हो ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी छ । २०७७ चैत मसान्तसम्म ट्रेजरी बिलबाट २० अर्ब ५० करोड, विकास ऋणपत्रबाट ९० अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब र वैदेशिक रोजगार बचतपत्र बाट १ करोड ५३ लाख रुपैयाँ आन्तरिक ऋण परिचालन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष ०७७/०७८ सुरु भएयता सरकारले उठायो लक्ष्यको आधा आन्तरिक ऋण
- स
- स
- स