Sunday, February 16Nepal News Portal
Shadow

नेपाली काँग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले दशैं भत्ता नलिने


नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणले दशैंभत्ता फिर्ता गर्ने भएका छन् । खाणले संघीय संसद सचिवालयलाई पत्र लेख्दै दशैं भत्ता वापत खातामा जम्मा गरेको रकम फिर्ता गर्ने बताएका हुन् ।

अहिलेको बिषम अबस्था र आमनेपालीले भोग्नुपरेको अभाव र पिडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दशैं भत्ता लिन उचित नलागेको उनले पत्रमा उल्लेख गरेका छन् । उक्त रकम रकम संसद सचिवालयमार्फत सरकारलाई नै फिर्ता गर्ने उनको भनाइ छ । त्यस्तै सरकारको यो निर्णय जनताको भावना विपरित भएको उनले उल्लेख गरेका छन् ।

Image

त्यस्तै अन्य संसदहरुले पनि दशै भत्ता नलिने फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्