Thursday, January 23Nepal News Portal
Shadow

१२ नेपाली सगरमाथाको शिखर


काठमाडौं । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथाको सफल आरोहण गरेका छन् । बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पालेका अनुसार यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबारसाँझ ६ बजे सफल आरोहण गरेको जानकारी दिए ।

यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्