Wednesday, September 18Nepal News Portal
Shadow

हानद्वारा ४८ होटललाई क्वारेन्टाइन बनाउँन सूचीकृत, आइसोलेसन सेवा विस्तारका लागि पनि गृहकार्य


काठमाडौं। क्वारेन्टाइन सेवाका लागि होटल संघ नेपाल (हान)ले ४८ वटा होटल सूचीकृत गरेको छ। संघले नेपाल पर्यटन बोर्ड र जिल्ला प्रशासन कार्यलय काठमाडौंसँगको समन्वयमा ४८ वटा होटल क्वारेनटाइन सेवाको लागि तयार पारेको हो ।

होटल संघ नेपालसँग आवद्ध होटलले पर्यटन विभागको सिफारिसअन्तर्गत जिल्ला प्रशासन कार्यलयमा क्वारेन्टाइन सेवा दिने होटलको सूची तयार पारेको हो । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै होटल क्वारेन्टाइनको माग कम भएपनि निकट भविष्यमा उडान खुला भएसँगै क्वारेन्टाइन सेवा दिनका लागि होटल संघ तयार रहेको बताइएको छ । पर्यटक स्तरीय होटल क्वारेन्टाइनका लागि प्रति व्यक्ति प्रति दिन २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

हालको परिस्थितीलाई मध्यनजर गर्दै संघ अन्तर्गतका होटलले आइसोलेसन सेवा समेत सुरु गरिसकेको छ । अहिले ठमेल स्थित टिम्बर हाउस ठमेलले मेडिकल टिम सहितको आइसोलेसन सेवा सुरु गरिसकेको छ। ग्राण्ड होटलले पनि आइसोलेसन सेवा दिनका लागि तयारी गरिरहेको छ। मेडिकल टिम उपलब्ध भएसँगै यो होटलले पनि आइसोलेसन सेवा सुरु गर्नेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्