Wednesday, April 24Nepal News Portal
Shadow

गढीमाई पूर्वका उद्योगमा विद्युत आपूर्ति अवरुद्ध


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गढीमाई पूर्वका उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरण सिमरा वितरण केन्द्रको ११ केभी फिडरको आपूर्ति बन्द हुँदा उद्योगको सेवामा प्रभाव परेको हो ।

सिमरा औद्योगिक फिडरको विद्युतीय पोल स्थानान्तरण गर्न बिहान ८ बजेदेखि विद्युत आपूर्ति बन्द गरेको वितरण केन्द्रले जनाएको छ । आपूर्ति बन्द गरेर विस्तारित सडकको पोल स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

आपूर्ति बन्द हुँदा गढीमाई पूर्वका नारायणी फुड्स, राजेश मेटल, शिव शक्ति घिउ उद्योग क्षेत्रको विद्युत सेवा प्रभावित भएको छ । भएको छ ।

Total Page Visits: 1063 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्