काठमाडौं । आइतबार ललतिपुर जिल्लाका अधिकांस ठाउँमा दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ। ललितपुरका लगनखेल र पुल्चोक वितरणकेन्द्र तथा भैंसेपाटी सहायक वितरणकेन्द्र अन्तर्गतका धेरैजसो ठाउँमा दिनभर जसो बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
खोकना फिडर अन्तर्गत चुनिखेल क्षेत्रमा सडक विस्तारको लागि विद्युतका पोल सराउनु पर्ने भएकाले बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुन लागेको हो।
ललतिपुरका गणेशथान, एकान्तकुना, खाद्यगोदाम, मेडीसिटी अस्पताल, आदिनाथ मार्ग, गणेश मन्दिर, मञ्जुश्री मार्ग र भञ्ज्याङ पिपलबोट क्षेत्रमा बिजुली काटिन लागेको छ । त्यस्तै मगर गाउँ, सानो खोकना, खोकना, कार्य विनायक, बुङ्मति, नेवा इट्टा, चुनिखेल र कतार एम्बेसी क्षेत्रमा पनि आइतबार बिजुली काटिने छ।
त्यसैगरि खोइचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप र दनुवार क्षेत्रमा पनि बिजुली काटिने प्राधिकरणले जनाएको छ।