काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।
‘बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नु हुन सबै सदस्यलाई सूचित गर्न संसदीय दलको नेताको निर्देशन अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र नेकपा (एमाले) संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम यो निर्देशन (ह्वीप) जारी गरेको छु’, विज्ञप्तिमा उल्लेख छ ।