काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। अविश्वासको प्रस्तावका लागि कांग्रेस, जनता समाजवादी र कतिपय एमालेका नेताहरुसँग छलफल हुने बताइएको छ ।
अविश्वासको प्रस्तावका लागि माओवादी केन्द्र तयार रहेको र थप कदम प्रधानमन्त्रीको सदनमा कसरी उपस्थित हुन्छ त्यसमा भरपर्ने बताइएको छ ।