Tuesday, December 3Nepal News Portal
Shadow

प्रभु सेलेक्ट फन्डमा जेठ ५ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रबन्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ ।

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेष्ठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्