Monday, February 10Nepal News Portal
Shadow

दिँनहु सुनको मूल्य उकालो , आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । स्थानिय बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज तेजापी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्