काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सुरक्षित गर्ने बैशाख २८ गते आज (मंगलबार) अन्तिम दिन रहेको छ।
कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय समेत गरेको छ। यसले गर्दा आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
Total Page Visits: 461 - Today Page Visits: 1