Friday, December 6Nepal News Portal
Shadow

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि, विशाल बजारका लगानीकर्ताको सम्पत्ति घट्यो


काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४७ अंक बढेर बन्द भएको छ । बजार बढेसँगै नेप्से परिसूचक २६७३.३१ विन्दुमा पुगेर बन्द भएको हो । बढेको बजारमा ५ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

२२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर घट्नेमा बिशाल बजार कम्पनी लमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीका लगानीकर्ताले सोमबारको तुलनामा ५४४ रुपैयाँ गुमाएका हुन् । यो कम्पनीको शेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज सर्वाधिक शेयर मूल्य वृद्धि ५ वटा कम्पनीको भएको छ । जसमा बोतल्स नेपाल ९तराई० लिमिटेडको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ भने बाँकी ४ कम्पनीको ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्