Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Thursday, July 3Nepal News Portal
Shadow

मेडिकल अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु


 

काठमाडौं, ३ कार्तिक (ससं) ।काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ।

अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८ः४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन भने ठिक थिएन ।
सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।

आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई काठमाडौं मेडिकल अस्पतालमा ल्याइएको थियो।

कुरुवा बसेकी आमा औषधी किन्न गएका बखत उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरीले जनाएको छ।

हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्