Sunday, April 13Nepal News Portal
Shadow

तीन वटा कम्पनीले ऋणपत्र निष्कासन गर्न बोर्डसँग मागे अनुमति


काठमाडौं । तीन वटा कम्पनीले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले विभिन्न मितिमा ऋणपत्र निष्कासन गर्न अनुमति मागेका हुन् । कृषि विकास बैंकले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नामक ऋणपत्र निष्कासन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो ।

लक्ष्मी बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख ६ गते बोर्डमा निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि निवेदन दिएको छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

त्यसैगरी बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो । जसमध्ये बैंकले १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न बोर्डमा निवेदन दिएको छ । उक्त ऋणपत्रको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकले भने रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि वैशाख १५ गते बोर्डमा निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्