Monday, November 27Nepal News Portal
Shadow

स्वास्थ्य मन्त्रालयलाई परिसंघले दियो २ करोडको स्वास्थ्य सामग्री


काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

परिसंघले मन्त्रालयलाई आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको जानकारी दिएको छ । स्वास्थ्य सामाग्रीहरु बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रीले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने बताए।

राष्ट्र संकटमा भएको बखत नेपालको निजी क्षेत्र सरकारसँगै रहेको परिसंघका अध्यक्ष सतीशकुमार मोरको भनाइ छ । परिसंघले कोभिडको दोस्रो लहर फैलिएसँगै संक्रमितहरूको उपचारमा आवश्यक अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो ।

Total Page Visits: 907 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्