Friday, January 24Nepal News Portal
Shadow

एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयर मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अपि पावर कम्पनीको २९.३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

अपि पावर कम्पनीको मंगलवार कायम अन्तिम मूल्य ३५३ रुपैयाँको आधारमा नेप्सेले हकप्रद पश्चातको मूल्य २९६ रुपैयाँ तोकेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको मंगलवार कायम अन्तिम मूल्य ७७८ रुपैयाँको आधारमा बोनस पछिको मूल्य ७२० रुपैयाँ तोकेको हो ।

अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोज भने वैशाख २९ गते (एक दिन) गरेको छ । बुक क्लोजको आधारमा अपि पावरको हकप्रद शेयर वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न सक्नेछन् । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते आव्हान गरेको साधारण सभाका लागि पनि वैशाख २९ गते बुक क्लोज गरेको छ । उक्त सभामा कम्पनीले ८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ । बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्