काठमाडौं,३ कार्तिक (ससं)। काठमाडौंमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्।
ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ७, रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेजबहादुर रोक्का रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
रोक्काले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी खटिएको प्रहरीले बताएका छन्।
Total Page Visits: 520 - Today Page Visits: 1