Sunday, May 19Nepal News Portal
Shadow

गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब भन्दा माथि


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब १ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६२ करोड ६४ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा लगानी गरी ६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
इन्स्योरेन्सको खुद नाफा पनि २४.५१ प्रतिशतले बढेर १० करोड ४२ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब ११ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ५८ लाख रुपैयाँ संचित छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात १०९.३९ गुणा छ ।

एक लाख ५६ हजार ९८९ वटा बीमालेख कायम रहेको कम्पनीले यस अवधिमा ३ अर्ब ४ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले १ हजार ६५९ वटा दाबी वापत ४६ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ वटा दाबी बापत २७ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Total Page Visits: 447 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्