Saturday, November 25Nepal News Portal
Shadow

कोरोना संक्रमणका कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन


काठमाडौं । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान निधन भएको छ। केही समयदेखि संक्रमण भएर अस्पताल भर्ना भएका श्रेष्ठको बुधबार बिहान निधन भएको हो । मंगलबार (हिजो) राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।

श्रेष्ठले तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए भने माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । श्रेष्ठ बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भए ।

Total Page Visits: 1150 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्