काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ ले रगत व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २९ गते बुधबार (आज) नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका वडा नं. २० नगर समितिद्वारा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर ,महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लको समेत उपस्थिति रहेको थियो ।
पीडितलाई राहत स्वरूप रक्तदान गररगराउँन गरिएको आह्वानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ–संस्थाहरूको प्रमुख दायित्व रहेको आयोजक २० वडा नगर समितिका अध्यक्ष राम रञ्जतले बताए ।
प्रमुख आतिथि समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर, योग विज्ञान सम्बन्धि जानकारी मूलक पुस्तक, मास्क, पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गरेका थिए ।
बिहान ८ः३० देखि १० बजेसम्म सञ्चालित सो आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरी जम्मा २८ जनाले स्वयंसेवी तवरबाट रक्तदान गरेका थिए । कार्यक्रमको संयोजन एवं सञ्चालन २० वडा नगर समितिका सचिव राजेश मानन्धरले गरेका थिए ।