Tuesday, June 18Nepal News Portal
Shadow

बुधबार नेप्से परिसूचक ०.०२ प्रतिशतले वृद्धि, ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार


काठमाडौं, २९ वैशाख । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएर बन्द भएको छ । हिजो दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक आज ०.५६ अंक वृद्धि भएर २६७३.८८ विन्दुमा बन्द भएको हो । हिजोको तुलनामा परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले वृद्धि भएको छ ।

२१५ कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, बोटल्र्स (तराई) लिमिटेड र आखु खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६२७ रुपैयाँ कायम भएको छ भने बोटल्स नेपाल (तराई)को शेयर मूल्य ११ हजार ७१ रुपैयाँ काय भएको छ । त्यस्तै आँखु खोला जलविद्युतको शेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी हिजो १० प्रतिशतले शेयर मूल्य घटेको बिशाल बजार कम्पनीको आज ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ५ हजार ३८६ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो काम्पनीको २५ करोड १६ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको हो । कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

Total Page Visits: 855 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्