काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर कम्पनी) र मर्चेण्ट बैंकरहरुलाई घरबाट नै काम गर्न निर्देशन दिएको छ । कोभिड–१९ महामारी संक्रमण बढिरहेको भन्दै लगानीकर्ता अनलाइनमै अव्यस्त भएकोले घरबाट काम गर्ने वातावरण मिलाउँन सम्बन्द्ध संस्थाहरुलाई निर्देशन दिएको हो ।
गत वर्षदेखि लगानीकर्ताहरु प्रत्यक्ष उपस्थित नभइ अनलाईन मार्फत धितोपत्र कारोबार गर्न सक्ने बनाइएको हुँदा सिष्टम संचालन गर्न बाहेक सबैलाई कार्यालयमा भौतिक उपस्थिति नभइ कार्य गर्न अनुरोध गरिएको छ ।
सिस्टम सर्पोट र सूचना प्रविधि सम्बन्धी कार्यका लागि कार्यालय आउँन पर्ने आवश्यक भए ३ जनाभन्दा बढी कर्मचारी नखटाउँन पनि बोर्डले भनेको छ ।
गुनासा तथा समस्या समाधानको लागि प्रयोग भईरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधिा उपलब्ध गराउँने व्यवस्था गर्न र थप मोबाइल नम्बरहरु उपलब्ध गराउँन पनि भनिएको छ ।
त्यस्तै स–साना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराउँने व्यवस्था मिलाउँन पनि बोर्डले अनुरोध गरेको छ ।