Saturday, September 7Nepal News Portal
Shadow

१३ जेष्ठ सम्मका लागि सम्पूर्ण बीमा कम्पनीहरु बन्द


काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो कोरोना महामारीको संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्मका लागि बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने निर्णय गरेको छ । बैंकवित्त भने न्युनतम कर्मचारी मात्र उपस्थित भई सञ्चालन गर्ने निर्णय भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्