काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको मृत्यु भएको छ । कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार (आज) विहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।
४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनको करिब १५ दिनअघि अस्पताल भर्ना भएका भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।
Total Page Visits: 508 - Today Page Visits: 1