Wednesday, February 12Nepal News Portal
Shadow

बिहीबार नेप्से परिसूचक १० अंकले वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि


काठमाडौं । बहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० अंकले वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन (बुधबार) झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा बन्द भएको हो । आज कारोबार रकममा पनि वद्धि भएको छ । हिजो ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिजोको तुलनामा करिव २ अर्ब रुपैयाँ कारोबार रकममा वृद्धि भएको देखिन्छ ।

२१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर १८७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर ४९ करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ५८१ रुपैयाँ कायम भएको छ ।

बिहीबार सर्वाधिक शेयर मूल्य वृद्धि भएका र सर्वाधिक मूल्यको कारोबार गर्ने ५ कम्पनीहरु:

कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा उद्योग समूह ०.६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३ प्रतिशत र लगानी समूह ०३९ प्रतिशत रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्